तुलसीपुर, ११ फागुन ।
दाङको तुलसीपुरमा पहिलो दिन नै करिब १५ प्रतिशत नागरिकले हात्तिपाईले रोग विरुद्धको औषधि सेवन गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पर्बद्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीका अनुसार पहिलो दिन बिहीबार २७ हजार ४२९ जना अर्थात १४ दशमलव ८६ प्रतिशतले हात्तिपाईले विरुद्धको औषधि सेवन गरेका हुन् ।
तुलसीपुरमा लुम्बिनी प्रदेशका स्वास्थय मन्त्री विष्णु पन्थी र नगर प्रमुख टिका राम खड्काले औषधी खाएर कार्यक्रम सुरु भएको हो । पहिलो दिनमा दिन उत्साजनक देखिएको उहाँले बताउनुभयो ।
कुन वडाका कति जनाले औषधी खाए ?
वार्ड नं १ : १३२३ जना
वार्ड नं २ : १८३६ जना
वार्ड नं ३ : १२७१ जना
वार्ड नं ४ : १०५३ जना
वार्ड नं ५ : १३८२ जना
वार्ड नं ६ : ५०६ जना
वार्ड नं ७ : ४२३५ जना
वार्ड नं ८ : २०७३ जना
वार्ड नं ९ : १२२२ जना
वार्ड नं १० : ८०१ जना
वार्ड नं ११ : २०५८ जना
वार्ड नं १२ : १६०० जना
वार्ड नं १३ : ८०१ जना
वार्ड नं १४ : १२१७ जना
वार्ड नं १५ : १६०८ जना
वार्ड नं १६ : ९७५ जना
वार्ड नं १७ : १९१५ जना
वार्ड नं १८ : ५८८ जना
वार्ड नं १९ : ९६५ जना