
दाङ, २६ फागुन ।
जनता समाजवादी पार्टी (जसपा) ले सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जसपाको कार्यकारिणी समितिको हिजो विहिवार बैठकले यादवलाई उपराष्ट्रपति उम्मेदवार उठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
पूर्वमन्त्री यादव प्रतिनिधि सभामा जसपा संसदीय दलको नेता हुनुहुन्छ । उहाँ बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।।
प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार