२०८२ बैशाख ९ गते मङ्गलवार

घोराहीको विकास खर्च ८ प्रतिशत भन्दा कम



दाङ, २६ फागुन ।
घोराही उपमहानगरपालिकाले ६ महिनाको अवधिमा आठ प्रतिशत पनि पुँजीगत बजेट खर्च गर्न सकेको छैन् । उप महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा ७.५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो ।

घोराहीमा चालू आर्थिक वर्षमा कुल एक अर्ब सात करोड ४५ लाख ९ हजार ५ सय बजेट रहेकोमा पुस समान्तसम्ममा जम्मा ८० करोड ५ लाख ६९ हजार ४ सय १९ रुपैयाँ खर्च भएको छ ।

जुन ७.५ प्रतिशत रहेको चालू आर्थिक वर्षको दोस्रो चौमासिक प्रतिवेदनमा उल्लेख गरिएको छ । ६ महिनाको अवधिमा भएको पुँजीगत खर्चले विकास निर्माणको कामले गति लिन नसकेको देखाएको छ ।

आर्थिक वर्षको सुरुआतमा विकासका काम नहुने तर आर्थिक वर्षको अन्त्यमा आएर विकासका काम हुने प्रवृत्ति विगत लामो समयदेखि नै छ । यसबाट उपमहानगरपालिका पनि अछुतो छैन । जनप्रतिनिधिहरू आएपछि यसको सुधार हुने अपेक्षा गरिए पनि यस प्रकारको संस्कार परिवर्तन हुन सकेको छैन् ।।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार