२०८१ असार ४ गते मङ्गलवार

सुनको भाउ अहिलेसम्मकै उच्च,तोलाको १ लाख १० हजार अझै बढ्ने अनुमान



दाङ ,५ फागुन ।
सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको छ ।

सुनको भाउ अझै बढ्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारी लगायतका कारण सुनको भाउ बढेको हो ।

भाउ अझै बढ्न सक्ने सङ्केत देखिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७ हजार ५ रुपैयाँ पुगेको थियो । त्यसयता भने केही घटेको भाउ फेरि लगातार बढिरहेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार