२०८१ माघ ४ गते शुक्रवार

दाङमा सवारी दुर्घटनामा एक को मृत्यु,दुई घाइते



दाङ, ५ चैत ।

दाङमा सवारी दुर्घटनामा एक जनाको मृत्युु भएको छ भने दुई जना घाइते भएका छन् ।
सवारी दुर्घटनामा प्युठानको नौबहिनी गाउपालिका वडा नम्बरका ६ का ३२ वर्षिय राजन केसीको मृत्यु भएको हो ।
केसीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा बेलुका साढे छ बजेतिर मृत्युु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा श्रीमती २६ वर्षकी सन्ध्या केसी र दुई वर्षको छोरी राष्ट्रियता गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर वलीले जानकारी दिनुभयो ।

घोराही लमही सडक खण्ड अन्तरगत घोराही-३ कुईरेपानीमा लमहीतर्फ जाँदै गरेको ०३-००१ क ०१६९ नम्बरको मिनि ट्रकले विपरीत दिशाबाट आउदै गरेको बागमती प्रदेश ०२-०१६ प ३६५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार