२०८१ असार १ गते शुक्रवार

दाङको जनता क्याम्पसमा सहमतिबाट स्ववियु नेतृत्व चयन



दाङ, ९ चैत ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत जनता क्याम्पस बिजौरीमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सहमतिबाट चयन गरिएको छ । फागुन ३० मा नेविसंघले विभिन्न माग राख्दै तालाबन्दी गर्दा निर्वाचन स्थगित भएको थियो ।

हिजो ताला खोली सबै संगठनहरुले सहमतिका आधारमा विभिन्न पद बाँडफाँट गरी निर्वाचन समितिमा पेस गरेका कारण प्रक्रिया पु¥याइ निर्विरोध निर्वाचित गरिएको निर्वाचन अधिकृत श्रीराम थारुले जानकारी दिनुभयो ।

जसअनुसार अनेरास्ववियुका तर्फबाट स्ववियु अध्यक्षमा रितेश चौधरी र उपाध्यक्षमा बिमलराज बुढा चयन हुनुभएको छ । सचिवमा नेविसंघबाट रमेशकुमार भट्टराई र कोषाध्यक्षमा अखिल क्रान्तिकारीबाट गोपाल कुमार बिक चयन हुनुभएको छ ।

यस्तै सहसचिवमा नेविसंघका शिवहरी शर्मा निर्वाचित हुनुभएको छ । सदस्यहरुमा अनेरास्ववियुका मुकेश अधिकारी, देवराज यादव, नमराज पौडेल तथा नेविसंघका तिलक रिजाल, पवन शर्मा र उद्धव पोख्रेल निर्वाचित भएको क्याम्पस प्रमुख योगराज शर्माले बताउनुभयो ।।

 

प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार