तुलसीपुर,चैत ११ ।
तुलसीपुरमा अहिलेसम्म १ सय ८६ जना क्षयरोगका विरामी रहेको तथ्याङ्कले देखाएको छ । बिरामी हुनेमा सबै भन्दा बढी ६५ वर्ष उमेरसमुह भन्दा माथिका ३८ जना रहेका छन ।
त्यसैगरी ५५-६४ वर्ष को उमेर समुहमा ३५ जना,४५-५४ वर्ष उमेर समूहम ३४ जना,३५-४४ मा १७ जना ,२५-३४ मा १९ जना,१५-२४ मा १९ जना,५-१४ मा ५ जना र ४ वर्ष मुनिका १५ जना बालबालिकालाई क्षयरोग पुष्टि भएको तुलसीपुर उपमहानगरपालीका जनस्वास्थ्य प्रवद्धन महाशाखाका जनस्वास्थ्य निरिक्षक बिमल के.सी ले जानकारी दिनुभयो ।
जनस्वास्थ्य निरिक्षक के.सी का अनुसार प्रत्यक्ष सम्पर्क बाट सर्ने सक्ने कडा खालको वा खकारमा किटाणु ९४ जनामा र दोहोरिएको वा पुनः बल्झिएको १२ जना रहेका छन। यस्तै फोक्सोको तर किटाणु नदेखिएको ३७ जनामा र फोक्सो भन्दा बाहिरी अंग हरुमा भएको टीवी ४३ जनामा देखिएको छ।
तुलसीपुरमा महिलाको तुलनामा पुरुषमा बढी क्षयरोग देखिएको छ ,जसमा ७६ जना महिला र १ सय १० जना पुरुष रहेका छन।
त्यस्तै जातिगत रूपमा सबै भन्दा बढी ब्राह्मण क्षेत्री ७६ जना ,जनजाति ५८ जना ,दलित ३० जना,मधेसी १ जना,मुस्लिम २ जना ,र अन्य जाति १३ जनामा क्षयरोग पुष्टि भएको छ।
यस आ.व.मा ४ जनाको ढिलो गरी रोग को निदान भई पूर्ण उपचार नभएका कारण ४ जनाको मृत्यु भएको जनस्वास्थ्य निरिक्षक के.सीले वताउनुभयो।
यो रोगलाई समयमा रोग को निदान गर्न सकेमा निको पार्न सकिन्छ ।
तुल्सीपुरमा १३ स्थान बाट क्षयरोगको निशुल्क पहिचान र उपचार भइरहेको छ।
यस आ।ब।मा सवैभन्दा बढि ७९ जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने
पवननगर ३ जना,हल्वार ६ जना ,भिमसेन मेट्रो अस्पताल १३ जना ,दोघरे ८ जना ,पर्सेनी ६ जना, टरिगाँउ ६ जना ,उरहरी १३ जना,फूलबारी ६ जना , डूरुवा १७ जना ,मानपुर १२ जना ,हेमन्तपुर १२ जना र बिजौरी मा ५ जना विरामी रहेका छ्न ।यो रोग नियमित ६ -८ महिना सम्म स्वास्थय कर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गरेमा निको पार्न सकिन्छ,।
क्षयरोग लागेमा कस्ता लक्षण देखिन्छन ?
साथै यो रोगको रोगको मुख्य लक्षण लगातार २ हप्ता सम्म खोकी लाग्ने, साँझपख ज्वरो आउने,कमजोरी हुने ,तौल घट्दै जाने,खान मन नलाग्ने,कसैमा खकारमा रगत आउने हुनसक्छ ।
क्षयरोगबाट वच्न के गर्ने
रोग बाट प्रभावित व्यक्तिले सन्तुलित,पोषिलो भोजन,असल खानपान खनुपर्दछ ,नियमित औषधि सेवन गर्ने,मास्कको प्रयोग ,सरसफाई,खकारमा उचित विसर्जन,नियमित २/३ महिनामा स्वास्थ्य परिक्षण गराउनुपर्दछ,मद्यपान,धूम्रपान देखि टाढा रहने र शंका लागेको खण्डमा घरपरिवारका सदस्य सबैले एक पटक खकार परिक्षण गराउने गरेमा यो रोग बाट बच्न सकिन्छ।