तुलसीपुर, १८ चैत ।
नयाँ वर्ष २०८० को पावन अवसरमा तुलसीपुरमा साँस्कृतिक विषेश कार्यक्रम हुने भएको छ । मितेरी युवा क्लव तुलसीपुरले नयाँ सालको अवसरमा साँस्कृतिक विषेश कार्यक्रम गर्न लागेको हो ।
क्लबले तुलसीपुरको अरनिको मैदानमा बैशाख १ देखि १० गतेसम्म साँस्कृतिक कार्यक्रम गर्न लागेको क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो । कला, संस्कृतिको संरक्षण गर्न क्लबले १० दिनसम्म विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको उहाँले बताउनुभयो ।
क्लबले कार्यक्रमकाट संकलित भएको केहि रकमले तुलसीपुरमा फुटबल प्रतियोगिताको आयोजना गर्ने जनाएको छ । ‘स्वास्थ्य, शिक्षा, सुचना हाम्रो अभियान : कला, सँस्कृति र भेषभुषा हाम्रो पहिचान ’ भन्ने मूल नाराका साथ क्लबले साँस्कृतिक विषेश कार्यक्रमको आयोजना गरेको पत्रकार सम्मेलनमाफर्त शनिबार (आज) जानकारी गराएको हो ।
चैत ३० गते कार्यक्रमको उद्घाटन गरिने भएको छ । बैशाख १ गतेदेखि साँस्कृतिक कार्यक्रम हुने अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । नयाँ वर्ष विषेश बनाउनका लागि मन्त्र ब्याण्डलाई आमन्त्रण गरिएको छ ।
कार्यक्रममा कुलेन्द्र विश्वकर्मा, कृष्ण रेउले, टंक तिमिल्सीना, देबेन्द्र बब्बलु, ज्योति मगर, एलिना चौहान, प्रिति आले, हाँस्यकलाकार बिष्णु सापकोटा (हर्के हवलदार) लगायतका कलाकार आउने भएका छन् ।
यस्तै गरी चौधरी कलाकार अनु चौधरी, अन्जु कुसुम्या, शालिकराम चौधरीको पनि विषेश सांगितिक प्रस्तुती रहने भएको छ । कार्यक्रममा बाल उद्यान पनि रहने आयोजकले जनाएको छ ।