काठमान्डौँ,१९ चैत ।
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आज आइतबार देखि निष्काशन गरेको आईपीओ पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा पहिलो दिनमै २.६५ गुणा बढी आवेदन परेको हो ।
सिडिएस एण्ड क्ल्यिरिङ्गका अनुसार आइतबार साँझ ५ः०२ बजेसम्ममा ३ लाख १५ हजार ६३२ आवेदकबाट ३५ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको ३५ लाख ४५ हजार ३०० कित्ता शेयरको लागि आवेदन परेको हो ।यो सर्वसाधारणलाई छुट्टाइएको १३ लाख ३७ हजार ३०२ कित्ता शेयरको २.६५ गुणा बढी हुन्छ ।
कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ आयोजना प्रभावित स्थानिय बासिन्दालाई र निष्काशन गरिसकेको छ ।
त्यसमध्ये ३ प्रतिशत अर्थात ८० हजार ७० कित्ता शेयर सामुहकि लगानी कोषका योजनाहरुको लागि र २ अर्थात ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीले निष्काशन गरेको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूणर् सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।
हाल कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुबै ७६ करोड रुपैयाँ रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ७ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी ६० करोड ८० लाख रुपैयाँ पुगेको छ । सर्वसाधारण ९वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, कर्मचारी तथा सामुहिक लगानी कोष सहित को लागि १५ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरी बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी ७६ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतीकर्ता सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।