२०८० फाल्गुन १३ गते आइतवार

राप्ती नदिमा पौडी खेल्न गएका एकजना डुबेर बेपत्ता



 

दाङ, २३ चैत ।
दाङमा पौडी खेल्ने क्रममा एक जना डुबेर बेपत्ता भएका छन् । प्युठानको झिम्रुक गाउँपालिका ८ घर भई हाल सशस्त्र प्रहरी बल १९ नम्बर गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार रामबहादुर सुनारका अन्दाजी १२ बर्षिय छोरा विवेक सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

सुनार आज अपरान्ह ४ बजेतिर राप्ती नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको उहाँले बताउनुभयो । घटना लगत्तै ईलाका प्रहरी कार्यालय भालुबाङबाट ७ तथा सशस्त्र ३० गरि ३७ जनाको टोलीले खोजी कार्य जारी राखेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र २३ गते बिहिवार