२०८१ मङ्सिर २३ गते आइतवार

दाङका स्थानीय तहमा बेरुजुको चाङ, सबै भन्दा धेरै तुलसीपुरमा



दाङ, २ बैशाख ।
दाङका स्थानीय सरकारमा बेरुजुको चाङ लागेको छ । जिल्लाका केही स्थानीय सरकारको बेरुजु रकम सुधारोन्मुख देखिए पनि अधिकांश पालिकामा बेरुजुको चाङ लागेको छ ।

महालेखा परीक्षणणको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक लेखापरीक्षणमा दश स्थानीय तहमा ७२ करोड ४५ लाख १२ हजार १ रुपैयाँको बेरुजु देखाएको हो । महालेखा परिक्षकको ६० औँ प्रतिवेदन अनुसार सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा १७ करोड ३६ लाख ५८ हजार २ सय १८ रुपैयाँको बेरुजु रहेको छ ।

पछिल्लो प्रतिवेदनमा दंगीशरण गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । दंगीशरणमा यसवर्ष २ करोड २१ लख ५ हजार ४ सय २५ बेरुजु देखिएको छ । घोराही उपमानगरपालिकामा १३ करोड ७६ लाख ३४ हजार २ सय २ बेरुजु रहेको छ ।

दाङका पालिका मध्ये सबैभन्दा धेरै बेरुजु देखिने लमही नगरपालिकामा यस वर्ष बेरुजु घटेको छ । लमहीमा ७ करोड ९३ लाख ४२ हजार ८ सय ७० रुपैयाँ बेरुजु देखिएको छ ।

गतवर्ष सबैभन्दा थोरै बेरुजु रहेको बबई गाउँपालिकामा यसवर्ष बढेको छ । गतवर्ष ७२ लाख ३९ हजार बेरुजु देखिएको बबईमा यसवर्ष ४ करोड १७ लाख ५५ हजार ४ सय ८८ रुपैया बेरुजु देखिएको छ ।

शान्तिनगर गाउँपालिकामा यसवर्ष बढेर ३ करोड ४८ लाख ९२ हजार ५ सय ७१ रहेको महालेखा परीक्षणको प्रतिवेदनले देखाएको छ । बंगलाचुली गाउँपालिकामा ३ करोड ९१ लख ६३ हजार ४३ रुपैया रहेको प्रतिवेदनले देखाएको छ । गढवा गाउँपालिकमा ८ करोड २३ लाख ८५ हजार ६ सय पुगेको छ ।

राजपुर गाउँपालिकामा ५ करोड ९८ लाख ३ हजार २ सय ४९ रुपैयाँ बेरुजु देखिएको छ । राप्ती गाउँपालिकामा ५ करोड ३७ लाख ७१ हजार ३ सय ३५ रुपैयाँ बेरुजु रहेको प्रतिवेदनले देखाएको छ ।।

प्रकाशित मिति : २०८० बैशाख २ गते शनिवार