२०८० असोज ५ गते शुक्रवार

कागज रहित बैंकिङ अवधारणा एनएमबिले ल्यायो ग्राहक माझ सजिलो क्यूआर कर्जा



दाङ, ५ बैशाख ।
एनएमबि बैंकले ग्राहक माझ सजिलो कर्जा ल्याएको छ । कागज रहित बैंकिङ अवधारणा र परिकल्पना लाई आत्मसाथ गर्दै अघि बढेको बैंकले बिना धितो, बिना झन्झट विद्युतिय माध्यमद्वारा कर्जा आवेदन र प्राप्ती गर्न सजिलो माध्यम ल्याएको हो ।

बैंकबाट आफ्नो ब्यावसायको नाममा खाता खोली क्यूआर कोड मार्फत कारोबार गरेको आधारमा यस्तो कर्जा पाइने एनएमबि बैंक तुलसीपुर शाखा प्रमुख रमेश रेग्मीले जानकारी दिनुभयो ।

कारोबारको आधारमा २ लाखसम्म कर्जा लिन सकिने छ । यस्तै सम्पूणर् साना तथा मझौला व्यावसायिक कर्जाको ब्याजदर ३ प्रतिशतसम्म घटाइएको प्रमुख रेग्मीले बताउनुभयो ।

बैंकले यस अघि ब्याक्तिगत कर्जा र ऋणिका लागि पनि कर्जा सुबिधाको सुरुवात गरी सकेको छ । बढ्दो महँगीमा पनि घर कर्जाको ब्याजदर जतिको त्यति पाइने, धितो नचाहिने, तुरुन्तै पाइने यस्तै प्रकृतिको सेवा एनएमबि बैंकबाट लिन सकिने बैंक शाखाले जनाएकोे छ ।

‘समृद्ध नेपालको लागि’ काम गर्दै आएको एनएमबि बैंकले बैंक अफ द यिअर अवार्ड २०१७, २०१८, २०२० र २०२१ प्राप्त गरेको छ भने बैंक अफ द यिअर एशिया अवार्ड २०२१ प्राप्त गरेको छ ।

एनएमबि बैंक सबै परिसुचकमा अब्बल र अग्रणी बन्दै गरेको प्रक्षित बित्तीय बिवरणले झल्काउछ ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार