२०८० फाल्गुन १७ गते बिहिवार

तुलसीपुरमा पल शाह आउने



दाङ, ६ बैशाख ।
तुलसीपुरमा शुक्रबार नायक पल शाह आउने भएका छन् । दर्शकले अत्याधिक रुचाएका नायक शाह मितेरी युवा क्लबको आयोजनामा संचालन भइरहेको नयाँ वर्ष विषेश साँस्कृतिक कार्यक्रममा बैशाख ८ गते शुक्रबार आउने भएका हुन् ।

दर्शकको माग अनुसार कार्यक्रममा नायक शाहलाई ल्याउन लागिएको क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो ।

शुक्रबार पनि पल शाह संगै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने उहाँले बताउनुभयो । दैनिकरुपमा दर्शकको उपस्थिति बढ्दै गएको समयमा नायक शाह आउने भएपछि टिकट बिक्रि पनि बढेको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

अन्य दिनको तुलनामा नायक शाह आउने दिन दर्शकको संख्या बढ्ने आयोजकले अपेक्षा गरेको छ । बृहत सांस्कृतिक कार्यक्रम १० गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ६ गते बुधवार