२०८१ साउन ८ गते बुधवार

जिन्दगी बदल्ने एक सय एक सोचको विमोचन



तुलसीपुर, २२ वैशाख ।

जिन्दगी बदल्ने एक सय एक सोचको विमोचन गरिएको छ । रेडियो कार्यक्रम शान्त तलाउका प्रस्तोता तुफानबाबु श्रेष्ठले प्रकाशन गरेको एक सय एक सोच पुस्तकको एक कार्यक्रमका बिच विमोचन गरिएको हो । विमोचन समारोहका वक्ताले पुस्तक जीवन उपयोगी भएकाले हरेक विद्यालय र कलेजमा पुर्‍याउनसके यसको महत्व अझै बढेर जाने बताएका थिए ।

सो अवसरमा पुस्तक प्रकाशक श्रेष्ठले पुस्तकको माग बढ्दै गएको बताउँदै थप ५० हजार प्रति प्रकाशन गर्ने लक्ष्य रहेको बताउनुभयो । पुस्तकको समीक्षा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले गर्नु भएको थियो ।

सो अवसरमा ईश्वरीय ब्रह्मकुमारी विद्यालयकी प्रमुख गीता दिदी, पूर्व जनप्रतिनिधि नवराज लामिछाने, सामाजिक अभियन्ता विमल रिजाल, रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष यज्ञबहादुर केसी, औषधी व्यवसायी संघ दाङका अध्यक्ष शेषकान्त ढकाल , बुद्धप्रकाश सिंह लगायतले पुस्तक पढेपछि सकारात्मक उर्जाको संचार हुने बताएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० बैशाख २२ गते शुक्रवार