दाङ,२४ बैशाख ।
साताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव १२ अङ्कले घटेर एक हजार आठ सय ५० दशमलव ६१ बिन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेकोमा फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ ।
बजारसँगै कारोबार रकममा पनि निकै कमी आएको छ । २ सय ६३ वटा कम्पनीका २० लाख १५ हजार कित्ता शेयर ६० करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर झण्डै साढे ८ प्रतिशत तथा घलेम्दी हाइड्रो, मन्दाकिनी हाइड्रो र श्वेत गंगा हाइड्रोको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।।
प्रकाशित मिति : २०८० बैशाख २४ गते आइतवार