२०८१ मङ्सिर २३ गते आइतवार

सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट हुदै



काठमान्डौँ,४ जेठ ।
सिटी होटल लिमिटेडले वैशाख २५ गतेदेखि २८ गतेसम्म निष्काशन खुला गरेको आईपीओ जेठ ५ गते शुक्रबार बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ८ः३० बजे सिटी होटल सोल्टीमोड काठमाडौंमा आईपीओ बाँडफाँटको तयारी गरिएको छ ।

उक्त कम्पनीको आईपीओमा ११ लाख ६१ हजार २ सय ८० जनाले १ अर्ब २७ करोड ८८ लाख ९९ हजार रुपियाँ बराबरको १ करोड २७ लाख ८८ हजार ९ सय ९० कित्ताको लागि आवेदन दिएका छन् ।

कम्पनीले ८३ हजार ७ सय कित्ता सामुहिक लगानी कोष र कर्मचारीलाई ६६ हजार ९ सय ६० कित्ता शेयर छुट्याईएर बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता सर्वसाधारणका लागि निष्काशन खुला गरेको थियो ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख ३५ हजार ५ सय ९४ जनाले १०/१० कित्ताका दरले पाउने छन् ।यसअघि विदेशमा कार्यरत नेपाली श्रमिकलाई शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले काठमाडौं सोल्टिमोडमा पाँच तारे होटल ह्यात प्लेस सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार