२०८१ चैत्र १२ गते मङ्गलवार

तुलसीपुर ७ मा कर तथा अभिलेखीकरण सम्बन्धमा छलफल



दाङ, ८ जेठ ।
नगरसेवा उपभोग कर तथा अभिलेखीकरण सम्बन्धमा आज (सोमवार) तुलसीपुर–७ मा छलफल भएको छ । कार्यक्रममा नगरप्रवक्ता माधव ओलीले जनतालाई सुचना प्रवाह गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनु भएको छ ।

स्थानीय सकारलाई बलियो बनाउने सन्दर्भमा आम्दानीका स्रोतहरु के–के हुन सक्छन् र योजनाबद्ध विकास कसरी गर्न सकिन्छ भनेर स्थानीय सरकार गम्भिर रुपमा लागि परेको बताउनु भएको छ ।

उपमहानगर घोषणा हुन ५० करोड आम्दानी भएको मापदण्डमा छ तर यो वर्ष तुलसीपुर उपमहानगरले ३४ करोड राजश्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकोमा १० महिनाको अबधिमा करिव १२ करोड मात्र संकलन भएको छ ।

जसका कारण योजना अनुसारको विकास निर्माणले गति लिन नसकेको उहाँको भनाइ छ । रेकर्डमा अपडेट भएमात्र योजनावद्ध विकास सम्भव रहेको भन्दै दर्ता नभएका व्यवसायहरु उपमहानगरमा दर्ता गरी सञ्चालन गर्न आग्रह गर्नुभयो ।

‘घर कस्तो वनाउने राज्यको नितिमा भर पर्ने विषय हो । तर हामी जोखीममा छौ भोली आउन सक्ने सम्भावित विपतीमा जोगीने गरी काम गरीरहेका छौ त्यसैले घर अनविार्य रुपमा नक्सा पास गरेरमात्र वनाउन पर्छ ।’

कानुनले तोके भन्दा फरक तरीकाले जानुपनि अपराध सरह रहेको बताउनुभयो । स्थानीय सरकारले निर्धारण गरेको ऐलानी जग्गा उपयोग तथा नगरसेवा उपयोग वार्षिक शुल्क तोकिएअनुसार बुझाउन आग्रह गर्नुभयो ।

यस्तो छ तोकिएको मापदण्ड


स्थानिय सरकारले एैलानी जग्गा र भवन निर्माण गरी बसेका नागरीकलाई ऐलानी जग्गा उपयोगका लागी व्यवस्था गर्न लागेको बताउनुभयो । जसअनुसार योे सेवा हरेक नगारीकले सम्वन्धित वडाबाट फाराम भरी लिन सकिने छ ।

त्यस अबसरमा सब ईन्जिनियर ध्रुव केसीले घर नक्सा पासको पूर्ण पालना भएको भएमा नक्सा पास सम्पन्नता लिनुपर्ने यदी तेसो नभएका भवनका घरधनीलाई अभिलेखीकरण गर्न आग्रह गर्नु भएको छ ।

नगरका अभिलेखीकरण गर्नुपर्ने भवनहरु असार मसान्तसम्म अभिलेखीकरण गर्दा ५० प्रतिशत छुटमा गर्न सकिने कार्यपालिको निर्णय रहेको समेत उहाँले जानकारी दिनुभयो ।

नियमानुसार भएका भवन नक्सा पासको प्रक्रियामा जाने छन । अनुमती लिदाँ १ तलाको लिने तर २/३ तलाको भवन निर्माण भएका छन भने ति भवनहरु अभिलेखीकरणमा जाने उहाँले वताउनुभयो ।

कार्यक्रममा वडा नम्बर–७ का अध्यक्ष राम वहादुर जिसीले स्थानीय सरकार जनताको सरकार रहेको भन्दै ऐलानी जग्गाको १९ वटै वडामा एकरुपता ल्याउने कार्य अनुसार आज वडामा सो विषयका बारेमा वडाबासीलाई जानकारी दिन छलफल कार्यक्रमको आयोजना गरीएको बताउनुभयो ।

समग्र वडाको विकासका लागी आफु संधै तयार रहेको भन्दै स्थानीय सरकारको योजना अनुसारका कार्यक्रमहरुमा सहयोग गर्न नागरिकलाई आग्रह गर्नुभयो । कार्यक्रममा वडा सम्पूर्ण टोल विकास संस्थाका पदाधिकारी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

वडा नम्बर–७ का वडा अध्यक्ष रामबहादुर जिसीको अध्यक्षता तथा नगर प्रवक्ता माधव ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण राजश्व शाखा अधिकृत राजु श्रेष्ठले गर्नु भएको हो ।।

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार