दाङ, १७ जेठ ।
घोराही उपमहानगरपालिकाका सामुदायीक विद्यालयका प्रधानाध्यापकले अनिवार्य दुई घण्टी पढाउनुपर्ने भएको छ ।
घोराही नगर शिक्षा समितीले उपमहानगर अन्तरर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई कम्तिमा अनिवार्य २ घण्टी पढाउनै पर्ने निणर्य गरेको हो ।
नगर शिक्षा समिती सदस्य जिबन गौतमले सामुदायिक विद्यालयको प्रधानाध्यापक बन्न पनि न्युनतम २ घण्टी लिनै पर्ने र त्यो भन्दा बढि पनि पढाउन सक्ने बताउनुभयो । सामुदायीक विद्यालष्का प्रधानाध्यापकको पढाउने शैलीलाई निरन्तरता दिनको लागि दुई घण्टी पढाउन अनिवार्य गरेको घोराही उपमहानगरका शिक्षा महाशाखा प्रमुख बिनोद गौतमले बताउनुभयो ।
उपमहानगरका प्रबक्ता तथा सामाजिक शाखा संयोजक राममणि पाण्डेले शिक्षा महाशाखा प्रमुखलाई प्रअहरुको भेला बोलाई निणर्यबारे जानकारी दिन र कार्यान्वयन गर्नका लागि पत्राचार गर्न निर्देशन दिई सकिएको बताउनुभयो ।
नगर शिक्षा समिती सदस्य सुरेश गौतमले प्रअहरुले पढाउने रुटिन पनि तयार गरेर शिक्षा शाखामा पठाउन पनि निर्देशन दिइएको जानकारी दिनुभयो । मेयर नरुलाल चौधरीले प्रअले पढाउनै पर्ने नियमलाई तत्काल कार्यान्वयनमा ल्याउन महाशाखा प्रमुखलाई निर्देशन दिनुभयो ।