दाङ, २२ जेठ ।
दिगो विकासको लक्ष्य प्राप्तीमा महिलाको भुमिका महत्वपुणर् हुने एक कार्यक्रमका सहभागीले बताएका छन् । वातावरण संरक्षण देखि सम्पुणर् कुरामा महिलाहरुको सहभासगता महत्वपूणर् हुने उनिहरुको भनाइ छ ।
दिगो विकासको आधार, पर्यावरणीय न्यायमा महिलाको नेतृत्वको अधिकार भन्ने नारासहित मनाईएको विश्व वातावरण दिवसको अवसरमा आज तुलसीपुर १० गौरीगाउँमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै वडा नम्बर १० का अध्यक्ष यमराज केसीले नमूना गाउँ बनाउनको लागि सबैको भुमिका उत्तिकै महत्वपुणर् हुने बताउनुभयो । उहाँले दिगो विकासले मात्रै नमुना गाउँ बन्न सक्ने बताउनुभयो । उहाँले पछिल्लो अबस्थामा बजेटको अबस्था चिन्ताजनक रहेकाले चाडै यस्तो अबस्थामा सुधार आएर विकास निर्माणले गति लिने बताउनुभयो ।
कार्यक्रममाथि प्रकाश पार्र्दै ओरेक नेपालका कार्यक्रम अधिकृत कल्पना चौधरीले ओरेकले हालसम्म खासगरि विभिन्न कारणले हिंसामा परेका महिलाका सवालमा पुनःस्थापना लगायतका विभिन्न काम गर्दै आएको बताउनुभयो ।
उहाँले हाल दाङ जिल्लाभर दंगीशरणको चखौरा, तुलसीपुर १० को पड्ढा र वडा नम्बर ११ को उरहरी गरी ३ वटा नमुनागाउँ अर्थात ईको भिलेज बनाउन सफल भएको बताउनुभयो ।
त्यस्तै उहाँले पछिल्लो समय महिलामा आफ्नो नियमित स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने चेतना आएको बताउनुभयो । कृषि नमुना गाउँ अन्तरगत पर्ने भएकाले किसानको जिवन उत्थानका लागि बिभिन्न ठाउँमा थोपा सिँचाई योजना ल्याउन जरुरी रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा महिला जनप्रतिनिधी भगवती धिताल, मधुसुदन गौतम, शुसिला बिक, जनचेतना महिला सामुदायिक संस्था दाङका कोषाध्यक्ष विमला चौधरी लगायतकाले ओरेकमा आबद्ध भएपछि धेरै महिलाहरुको दैनिकीमा परिवर्तन आएको बताएका छन् ।
उनिहरुले दिगो विकासको लक्ष्य पुरा गर्नका लागि तरकारी खेतीमा लागेका कृषकका लागि उचित बजारीकरणको ब्यवस्था हुनुपर्ने, मल तथा बिउको सहजता हुनुपर्ने बताएका हुन् । सामुदायिक संस्था दाङको आयोजना तथा ओरेक दाङको समन्वयमा भएको कार्यक्रमको सहजिकरण ओरेक नेपालका सुपरभाईजर मनिषा चौधरीले गर्नुभएको हो ।