२०८० मङ्सिर २२ गते शुक्रवार

लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते आह्वान



दाङ, २३ जेठ ।
लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो ।।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार