२०८१ भाद्र २२ गते आइतवार

लुम्बिनी प्रदेश सभाको बैठक स्थगित



दाङ, १० असार ।
आजका लागि बोलाइएको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित गरिएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल गर्न बोलाइएको बैठक आउँदो बुधवारसम्मको लागि स्थगित गरिएको हो ।

भूगोल र जनसङ्ख्याका आधारमा समान बजेट आउनु साटो मुख्यमन्त्री र अर्थमन्त्रीले आफूखुसी बजेट ल्याएको भन्दै सत्तापक्षबाटै विरोध भएपछि बैठक बुधवारका लागि सारिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले निकाल्नुभएको सूचनामा उल्लेख छ ।।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार