२०८१ असोज २१ गते सोमवार

दाङमा चट्याङ लागेर मृत्यु भएका परीवारले राहात स्वरुप एक लाख पाउने



दाङ, ९ असार ।
लुम्बिनी प्रदेश सरकारले असार १० गते चट्याङ लागेर निधन भएका दाङका दुई जनाको परीवारलाई  राहात रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
आज (बुधबार) बसेको मन्त्रीपरिषदको बैठकले प्रदेश सरकारको तर्फबाट जनही एक ∕ एक लाख रुपैंया राहात रकम उपलब्ध गराउने निणर्य गरेको हो ।

गएको असार ९ गते फरक–फरक ठाउँमा चट्याङ् पर्दा दंगीशरण गाउँपालिका वडा नंम्बर ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरी र दंगीशरण गाउँपालिका वडा नंम्बर ६ का ३२ बर्षीय समीर केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको थियो ।

यस्तै बर्दियामा एक वर्ष अघि गोलिलागेर निधन भएका विद्यार्थी नविना थारुको परिवारलाई लाई पनी एक लाख रुपैया राहात उपलब्ध गराउने निणर्य भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार