२०८१ फाल्गुन २ गते शुक्रवार

भारतबाट पेट्रोलको मूल्य घटेर आउदा डिजेलको मूल्य बढेर आयोे



काठमान्डौँ,१७ असार ।
भारतको आइओसीले नेपाल आयल निगमलाई दिदै आएको पेट्रोलको मूल्य घटाएर पठाएको छ ।

अन्तर्राष्ट्रिय बजार अनुसार प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्दै आएको ईन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रति लिटर १४ पैसा घटेर आएको छ भने डिजेलको मूल्य प्रति लिटर २ रुपैयाँ १६ पैसाले बढेर आएको छ ।

नेपाल आयल निगमलाई आइओसीले १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँदै आएको छ ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार