२०८१ बैशाख ११ गते मङ्गलवार

पर्सेनी नगर स्वास्थ्य केन्द्र लाई सहयोग



दाङ, १७ असार ।
तुलसीपुर ७ मटेराका एक युवकले पर्सेनी नगर स्वास्थ्य केन्द्रलाई १९ हजार बराबरको सामान सहयोग गर्नु भएको छ । तुलसीपुर ७ मटेरा घर भइ हाल अमेरीका बस्दै आएका शिशिर खनालले नगर स्वास्थ्य केन्द्र पर्सेनीलाई १९ हजार बराबरको जिन्सी सामाग्री सहयोग गर्नु भएको हो ।

उहाँले दराज एक थान, मेडिसियन र्‍याक एक थान, डोर म्याट एक थान र नेबुलाईजर मेसिन एक थान सहयोग गर्नु भएको हो । सहयोग सामाग्रीहरु शिशिरकी आमा भागिरथा खनालले नगर स्वास्थ्य केन्द्र पर्सेनीका प्रमुख बासुदेव चौधरीलाई हस्तान्तरण गरेको घनश्याम हलवाइले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार