२०८० फाल्गुन १७ गते बिहिवार

थ्रीस्टार हाइड्रोपावर शेयर मंगलबार बाँडफाँट हुने



काठमान्डौँ,१८ असार ।

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय, ठमेलमा भोलि मंगलबार बिहान ९ः३० बजे शेयर बाँडफाँट हुने भएको हो ।

कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितो निष्काशन बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक माध्ये ६१ हजार ३१६ जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार