२०८१ बैशाख ५ गते बुधवार

घोराही हापुर–आँखा अस्पताल सडकका लागि १४ करोड ४० लाख बजेट



दाङ, २१ असार । घोराही हापुर–राप्ती आँखा अस्पताल रक्षाचौर सडकका लागि १४ करोड ४० लाख बजेट बिनियोजन भएको छ ।

सडकको कालोपत्रेका गर्न आगामि आर्थिक वर्ष ०८०/०८१ का लागि संघीय सरकार शहरी बिकास मन्त्रालयबाट १४ करोड ४० लाख बजेट परेको तुलसीपुर–४ का निवर्तमान वडा अध्यक्ष बालकृष्ण राणाले जानकारी दिनुभयो ।

घोराही हापुर,बासगजेरि,बिजौरी,खाद्रे हुँदै रक्षाचौर सडकका लागि आएको बजेट कार्यान्वयनमा आउनेमा आफु विश्वस्त रहेको बताउनुभयो । तुलसीपुर उपमहानगरका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे र लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोख्रेलको पहलकदमीमा आर्थिक वर्ष ०७६/७७ देखि रक्षाचौर आँखा अस्पतालबाट पनि कालोपत्रेको काम सुरुवात भएको निवर्तमान वडा अध्यक्ष राणाले बताउनुभयो ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार