२०८२ बैशाख ८ गते सोमवार

पातुखोलामा नुहाउने क्रममा डुबेका बालकको मृत्यु



तुलसीपुर, २३ असार ।

पातुखोलामा डुबेर एक बालकको निधन भएको छ । तुलसीपुर–७ गैरापातु निवासी तुलसी दमाईका ११ वर्षिय छोरा रबिन परीयार पातुखोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

साथीसंगै खोलामा नुहाउन गएका बालक डुबेको अवस्थामा स्थानीयले फेला पारेको उहाँले बताउनुभयो । पानीमा डुबेका बालकको उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गर्ने क्रममा शनिबार दिउँसो साढे तीन बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार