भालुवाङ २० असार । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले कृषि समिति गठन गरेको छ । चेम्बरले आज (शनिबार) संस्थाको कार्यालय सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि पालिका स्तरीय कृषि समिति गठन गरेको हो । कृषकहरूको हकहित तथा उनीहरूका समस्याहरूको सहजीकरण गर्न राप्ती गाउँपालिकाको ९ वटै वडालाई समेटेर कृषि समिति गठन गरेको हो ।चेम्बरका सदस्य अर्जुन कुमार क्षेत्रीको अध्यक्षतामा ४ सदस्य पछि थप गर्ने गरि २१ सदस्यीय कृषि समिति गठन गरिएको छ ।
गठित कृषि समितिको प्रथम उपाध्यक्षमा प्रेमलाल चौधरी, दोस्रो उपाध्यक्षमा करमकाशी चौधरी, महासचिवमा हरिचन्द्र चौधरी, सचिवमा डिल्लीराज सुवेदी , कोषाध्यक्षमा नुमराज चौधरी र सहकोषाध्यक्षमा कृष्णा न्यौपाने रहनुभएको छ । त्यसैगरि सदस्यहरुमा राजेन्द्र चौधरी, लिलाराम चौधरी, दुखानी चौधरी, रामऔतार चौधरी, योगेन्द्र चौधरी, आशाराम चौधरी भगेलुप्रसाद चौधरी, मोतीलाल चौधरी, विष्णु कुवर योगी र जिउलाल चौधरी रहेका छन् ।
राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षता एवम् लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका उपाध्यक्ष श्रीधर महराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष महराले कृषकहरूको समस्या तथा गुनासो सम्बोधन तथा सहजीकरण गर्न चेम्बरको भुमिका महत्त्वपूर्ण रहेको बताएका थिए ।
चेम्बरकी प्रथम उपाध्यक्ष श्यामा रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गर्नुभएको थियो।