२०८१ असोज १८ गते शुक्रवार

राप्ती लाईफ केयरको मोतीपुर बाट सेवा सुरु



दाङ, २९ असार ।
दाङको तुलसीपुरमा रहेको राप्ती लाईफ केयर हस्पिटलले आजदेखि आफ्नै अत्याधुनिक भवनबाट सेवा दिन सुरु गरेकोे छ । अस्पतालले आज देखि तुलसीपुर-७ मोतिपुरमा रहेको आफ्नै अत्याधुनिक भवनबाट सेवा दिन सुरु गरेको होे ।

२०६३ सालमा स्थापना भई २०६४ सालबाट सेवा आरम्भ गरेको अस्पतालले अहिलेसम्म भाडाको घरबाट सेवा दिँदै आएको थियो । अस्पतालले अब आधुनिक भवन निर्माण गरेसंगै आज शुक्रबारदेखि आफ्नै भवनबाट सेवा दिन थालेको अस्पतालका अध्यक्ष हरि रिजालले जानकारी दिनुभयो ।

अस्पतालले आज शुक्रबारबाट मोतिपुरको भवनमा निशुल्क स्वास्थ्य शिविर संचालन गरी सेवाको शुभारम्भ गरेको हो । आजदेखि साउन ७ गतेसम्म औषधि सहितको टाउको दुख्ने, पेट दुख्ने, मुटुरोग, थाइराइड लगाएको निशुल्क सेवा सहित सुभारम्भ भएको छ । आज ६५ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । त्यस्तै साउन ८ गतेदेखि साउनको अन्तिमसम्म महिला रोग, बाल रोग, मानसीक रोग, इएनटी, गाइनो लगायतको ओपिडि सेवा निशुल्क हुने अस्पतालले जनाएको छ ।

यस्तै साउन महिनाभर थाइराईडका बिरामीले ५० प्रतिशत छुटमा उपचार गर्न पाउने भएका छन् । २४ सैँ घण्टा इमरजेन्सीमा पनि टिकट निशुल्क गरिएको छ ।अस्पतालका अध्यक्ष हरि रिजालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

नगर प्रमुख खड्काले संस्थागत र सरकारी अस्पतालको सहकार्य बाट मात्रै स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सकिने बताउनुभयो । प्राइभेट क्षेत्रको स्वास्थ्यको जीम्मा राज्यले मात्रै लीएर नहुने भन्दै स्थानिय सरकारले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जीसी, राप्ती प्रादेसिक अस्पताल तुलसीपुरका मेशु ओम अर्याल लगाएतकाले गुणस्तरीय सेवा दिने कुरामा राप्ती लाक्ष्एफ केरले महत्वपूणर् भुमिका निर्वाह गरेको बताउनुभयो । दाङ बाट विरामी रेफर हुने प्रबृतिलाई रोक्न लाइफ केयरले सहयोग गर्नेम लाग्नुपर्ने बताएका हुन् ।

संचालक सदस्य दोणर् वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सशजीकरण निर्देशक जीवन भण्डारीले गर्नुभएको हो ॥

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार