कमलहरी मुक्त घोषणा भएको एक दशक भैसक्यो तर सरकारले उनीहरुलाई पुर्नस्थापना गर्ने सवालमा उदासीन देखिन्छ । हरेक वर्ष जस्तै मुक्तकम्लहरीको छात्रवृति,रोजगारी,परिचयपत्र,तथ्याङ्ग संकल जस्ता थुप्रै सवालहरु उठिरहन्छ । उनीहरु बिभिन्न समस्यासंग जुधिरहन्छन ।
तुलसीपुर उपमहानगरपालीका ६ दाङकि मुक्त कमलहरी रुपनी चौधरी स्नातक तह सम्म अध्ययन गरिसकेकि छिन । उनी शिक्षा संकाए बाट पास त गरिन तर बेरोजगार भएर घरमै बसेकि छिन् । रोजगारीका लागि विभीन्न ठाउँमा धाईन तर कहिकतै काम पाएकि छैनीन् । मुक्त कमलहरी भएकै कारण जागीर पाउँन समस्या भएको उनी बताउँछिन् ।
रुपनी भन्छिन् – “हामीहरुको क्षमता भएपनी कमलहरी हुन् । के गर्न सक्लान र रु के जान्लान र रु हामीलाई हेर्ने दृष्टिकोणमा फरक छ । अन्तर्वाता हुन्छ तर फालीन्छौँ । जागीरका लागि जहाँ आवेदन दिएपनि नाम निक्लीदैन । विभेदको दृष्टिकोणले हेर्ने गर्नाले हामी अगाडि बढ्न सकेका छैनौँ । ”
उनले थपीन – “सरकारले हामीलाई छात्रबृत्ती त दियो । तर त्यो पैसाले हामीलाई पढ्ने खर्च नै पुगेन । बुवा आमाले लेवर काम गरेर दिएको पैसा र एफएनसी सस्ंथाको सहयोगमा पढाईलाई निरन्तरता दिए । स्नातक तह सम्म पढे । घरको आर्थीक अवस्थाले त्यो भन्दा अगाडि बढ्न सकिन ।”
मुक्त कमलहरीहरुका लागि रोजगारको ब्यवस्था पनी सरकारले नै गर्नुपर्ने उनको माग छ । सरकारले जागीर नदिएपनि विभीन्न सिपमुलक तालीम दिएर आयआर्जनको स्रोतमा जोडिदिनुपर्ने उनको माग छ । रुपनीले आफुहरुका लागि कोटाको ब्यवस्था गरीदिनुपर्ने बताईन् ।
यस्तै घोराहि १० कि मुक्त कमलहरी सिमा चौधरी पनी स्नातक तह सम्म पढेकि छिन् । सरकारले दिएको छात्रबृत्ती र बुवाले लेवर काम गरेर कमाएको पैसाले उनी स्नातक तह सम्म पढिन् । तर पढेको खर्च उठाउँन जागीर छैन । जागीर पाउँने आसमा सीएमए पनी पढिन् । तर कहि कतै काम पाइनन् ।
“कुनै मेडिकलमा पाएपनि सोचे जस्तो तलव नै हुदैन । सठिपिकेट घरमै राखेर वेरोजगार भएर बस्नु परेको छ । जहा फम भरेपनि सोर्स हुनेहरु नै जागीर खाने गर्छन् ।” सिमाले दुखेसो पोखीन ।
पढाईका लागि आलटाल गरेर छात्रबृत्तीको नाममा खर्च नपुग्ने पैसा दिनुभन्दा उधमी बन्नका लागि सिपमुलक कार्यक्रम ल्याउँनुपर्ने उनले बताईन् । “ नत घर छ नत जागीर अव मुक्त कमलहरीहरुका लागि रोजगार सरकारले नै दिनुपर्छ ।” उनले भनीन् ।
यी त उदाहरणिय पात्र मात्र भए । यी यस्ता कैयौँ मुक्त कमलहरी वेराजगार भएर दुःख पुर्ण जिवन बाँचिरहेका छन् । २०७० सालमा सरकारले कमलहरी मुक्त घोषणा गरेपनि कमलहरीका दुःख उस्तै छन् ।
ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।
कमलहरी मुक्त घोषणा भएको १० वर्ष वित्यो तर कुनै पनी समस्याको सुनुवाई नभएको कमलहरी विकास मञ्चकि अध्यक्ष हिरा चौधरीले गुनासो गरिन् ।
“विभीन्न माग सहितको दश बुँदे ज्ञापन पत्र सरकार समक्ष बुझायो तर कुनै पनि माग पुरा भएको छैन । काम केहि देखीदैन । काम गरिरहेका छौँ मात्र भन्नुहुन्छ । अहिले पनि धाईराखेका छौँ तर केन्द्रले प्रदेश देखाउँछ प्रदेशले स्थानीय अव काँहा जाने हामी रु कसको ढोका ढक्ढक्याउँन जाने सस्थाको आयस्रोत केहि छैन । हरेक निकायकालागि बजेट छुट्याउँन सक्ने सरकार हाम्रो लागि किन मौन छ रु”– उनी दुखेसो पोखिन ।
मुक्त कमलहरी विकास मञ्चकि केन्द्रिय अध्यक्ष चौधरीका अनुशार दाङ, बाकेँ, वर्दिया,कैलाली, कंचनपुर गरि पाँच जिल्लामा १२ हजार ७ सय ६९ मुक्त कमलहरी छन् । यस्तै ४ हजार ९ सय ३४ जनाले सरकारी परिचय पत्र पाएको उनले बताईन् ।
यस्तै मुक्त कमलहरी विकास मञ्चकि पुर्व केन्द्रिय अध्यक्ष सुनीता चौधरीले सरकारले मुक्त कमलहरीहरुका लागि रोकिएको छात्रबृत्ती, परिचय पत्र र रोजगारको ब्यवस्था गर्नुपर्ने बताईन् । अझै पनि मुक्त कमलहरीको उचित पुनस्र्थापना नहुनु, लगत संकलन नहुनु, छात्रबृत्री रोकिनु एकदमै कम हुनु,उच्च शिक्षामा प्राथमिक्ता नदिनु,स्वास्थ्य उपचारमा समस्या, समयमै परिचय पत्र नपाउँनु, सिप क्षमता र योग्यताका आधारमा रोजगारीको प्रवन्ध नहुनु जस्ता विविध समस्या र चुनौतीहरु अझै पनी झेल्न परिरहेको बताईन् । ।
यता घोराहि उपमहानगरपालीकाका मेयर नरुलाल चौधरी भने कमलहरीहरुको समस्यालाई मध्यनजर गर्दै विविध कार्यक्रमहरु संचालन भईरहेको र समस्याहरु सम्बोधन गरिरहेको बताए । घोराहि उपमहानगरपालीकाले घोराहिमा रहेका मुक्त कमलहरीहरुलाई उनीहरुको मागका आधारमा बजेट विनीयोजन भईरहेको बताए ।
“केहि मुक्तकमलहरीहरुको हामीले क्याम्समा नाम पनि लेखाईदिएका हौँ, उनीहरुले अध्ययनका लागि खर्च नभएको भन्ने गुनासो गरेपछि हामीलाई क्याम्पसमा भराना गरीदिएका हौँ । केहिलाई सिप विकास तालीम दिएका छौँ । यो वर्ष पनि वडा बाट कार्यक्रम छुट्याएका छौँ । प्रत्येक वर्ष मुक्त कमलहरीहरुका लागि बजेट विनीयोजन भईराखेका छन् । ” मेयर चौधरीले भने ।
मुक्त कमलहरी विकास मञ्चका कानुनी सल्लाहकार फकला चौधरीले भने मुक्त कमलहरीहरु आफनो अधिकार पाउँनका लागि अझै पनी आन्दोलनका कार्यक्रम अगाडि बढाउँनुपर्ने सुझाव दिए । “मुक्त कम्लहरीहरु आफनो हक अधिकारका लागि सरकारको ढोका ढक्ढक्याउँनुपर्छ । जव सम्म उनीहरु आन्दोलनका कार्यक्रम अघि सार्दैनन् तव सम्म मुक्त कमलहरीहरुको माग पुरा हुदैन । त्यसैले आन्दोलन गर्नुपर्छ । हामी साथ दिन तयार छौँ ।”– चौधरीले भने ।
सरकारले मुक्त कमलहरी घोषणा गरेको बर्षौ भएपनी समया उस्तै छन् । नत घर छ नत जागीर । सरकारले गरेका कार्यक्रमहरु पनी कटौती गरिदिदा समस्याहरु झनपछि झन जटिल रुप लिदै गएको देखिन्छ । यसर्थ सरकार मौन बस्नु कत्तीको उचित होला रु