२०८१ जेष्ठ ३१ गते बिहिवार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु



तुलसीपुर,१३ साउन ।
दाङमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दुधेना नयाँ बस्तीका १८ वर्षीय गगन घर्तीमगरको मृत्यु भएको हो ।

आज शनिवार बिहान दङ्गीशरण गाउँपालिका वडा नम्बर ५ सङ्घारी चोकमा रगैचादेखि तुलसीपुर आउँदै गरेको मोटरसाइकल बालापुरमा अनियन्त्रित भइ पल्टिएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका घर्तीमगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार