२०८१ असोज २७ गते आइतवार

दाङको लालमटिया क्षेत्रमा ठूलो वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह



दाङ,१५ साउन।
दाङको लालमटिया,कपिलवस्तुको तौलिहवा र रूपन्देहीको लुम्बिनी आसपासका क्षेत्रमा ठूलो पानी परेको छ ।

यो क्षेत्र भइ बहने कोठी, वाणगङ्गा, सुरईलगायत खोलामा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रहरू र रूपन्देहीका डुबान भइरहने होचा क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूपश्चिम प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको अनुमान गरिएको छ ।

अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्को अनुमान छ ।

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार