२०८१ भाद्र २२ गते आइतवार

आधारभूत बिद्यालय भलानेटीमा अक्षर सुधार कार्यक्रम



शान्तीनगर,१५ साउन ।
शान्तीनगर गाँउपालीका वडा नम्बर ३ को आयोजना मा आधारभूत बिद्यालय भलानेटीमा आज (सोमवार) देखी अक्षर सुधार कार्यक्रम सुरु भएको छ ।
बिद्यार्थी , शिक्षक र अभिभावकका अक्षर सुधारका लागी आयोजना गरीएको कार्यक्रमको आज उद्घाटन गरीएको छ ।

वडा नम्बर ३ का अध्यक्ष मिन बहादुर के सी प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुपती घर्तीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो ।
लेखनकला बिद्यार्थीको पहिलो गहनाका रुपमा देखिने कुरा अक्षर भयकाले सुन्दर र नियमबद्द्ध हुनुपर्ने प्रमुख अतिथी केसीले बताउनसभयो ।

बिद्यार्थीको आत्मबिस्वास बढाउन , पठनपाठन प्रतिको रुचिमा बिकास संगै परिक्षामा प्राप्त गर्ने नम्बर पनि बृद्धी गर्ने भयका कारण समग्र शैक्षिक गुणस्तर अभिबृदिका लागी अक्षर सुधार कार्यक्रमको आवश्यक्ता रहेको प्रमुख अतिथि केसीले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक ठग प्रसाद पुनको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा बिद्यार्थी कर्मचारी,जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि, अभिभावक ,विद्यालय व्यवस्थापन समिति सद्स्यहरुको सहभागीता रहेको थियो । तिन दिनसम्म सञ्चालन हुने अक्षर सुधार कार्यक्रको प्रशिक्षकमा डिभाईन इन्स्टीच्युटका संस्थापक तथा प्रमुख प्रशिक्षक हिमालबाबु डाँगी रहनुभएको छ ।

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार