२०८१ जेष्ठ १६ गते बुधवार

दाङमा अटो दुर्घटना हुँदा दुई जना घाइते



दाङ, २९ साउन ।
दाङमा अटो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा अटोमा सवार तुलसीपुर ११ नवलपुरका २८ वर्षीय मनि बिष्ट र अटो चालक दंगिशरण गाँउपालिका २ सर्राडाँडाका ४१ वर्षीय जोखिलाल चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिनुभयो ।

घाइते दुबै जनाको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी नेपालगंज रेफर गरिएको प्रहरीले जनाएको छ ।

दंगीशरण गाउँपालिका वडा नंम्बर २ सर्राडाँडाँदेखि तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ३९१२ नंम्बरको अटो बिहान १० बजेको समयमा तुलसीपुर १० चैलाही नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार