२०८१ मङ्सिर २४ गते सोमवार

शक्तिशाली जापानबाट हामीले सिक्नु पर्ने पाठ



जापनीज संस्कार र सभ्यतामा कसैप्रति बदलाको भाव, इष्र्या, डाहको भाब छैन । अमेरिकी आक्रमणले बिक्षिप्त बनेको जापान र जापनीज नागरिक अमेरिकी नागरिकका बिरुद्दमा आफुले सकेको प्रतिकार , प्रतिवादमा उत्रन सक्थे ।

तर त्यसको साटो जापनीज नयाँ संस्कार र मान्यता कस्तो बन्यो भने अमेरिकी नागरिकलाई जित्ने रणनीतिक योजना सबै जापनीज उत्पादन अमेरिकी बजारमा प्रत्येक अमेरिकन नागरिकका घरघरमा प¥ुयाउने योजना अनुसार उत्पादनमा जापान जुट्यो र जापनीज टेक्नोलोजीले संसारभर आफ्नो एकछत्र बजार बनाउन सफल भयो र जापानले आफुलाई बिकसित देशको रुपमा उभ्याउन सफल बन्यो ।

आजपनि जापनीज संस्कारमा सार्वजनिक सम्पतीको संरक्षण व्यक्तिगत सम्पति सरह हरेक नागरिकले गर्ने गर्दछन् । हरेक नागरिक श्रमलाई जिवन ठान्दछन, उत्पादनले मात्र आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरामा बिस्वास राख्दछन, बाचुन्जेल सकेको श्रम गर्नु पर्दछ भन्ने मान्यता राख्दछन र सोहि अनुसार हरेक नागरिकको पसिनाले देश सिन्चित छ देश समृद्द छ ।

हरेक नागरिक आफुले खाने कुरामा जानकार छ । के खाने, कति खाने, कसरि खाने ? भन्ने कुरा पुर्णरुपमा पालना गर्दछ । नियमित ब्यायाम, योगा, ध्यानमार्फत मानसिक स्वास्थ्य पनि बलियो बनाउन नियमपुर्वक दैनिक अभ्यास गर्ने गर्दछन ।

जापानको एउटा यस्तो गाँउ जहाँका मानिस औषत एकसयदेखि–१ सय १० बर्ष बाच्ने गर्दछन, त्यस्को एउटा कारण भनेको इकिगाई रहेछ । हरेक मानिस आफ्नो जिवनमा इकिगाईको खोजीमा जिवन चल्दो रहेछ ।

हरेक कुराको निश्चित योजना छ, मान्यता छ, सस्कार छ, नियम छ र हरेकको विश्वास बदला लियर नभई बदलियर बाच्नु पर्छ भन्ने छ, अध्यारो लाई जित्न अनकंटार अध्यारो होइन त्यस्को साटो सानो भयपनि उज्यालो चाहिन्छ भन्ने मान्यता छ । जसका कारण जापान युद्दले थिलोथिलो परेर पनि आज शक्तिशाली र समृद्द भयर उभिएको छ, आफ्नो स्वाभिमान मा बाचेको छ ।

हरेक नागरिक आफुलाइ जिम्मेवार सम्झन्छन , बिग्रीएका हरेक कामको जवाफदेहि सम्बन्धित निकायसंगै आफुपनि हो भन्ने कुरा स्विकार गर्ने गर्दछ्न।

सकेको, जानेको र गर्न सक्ने सबै खालका कामकाज आफुले राज्यका लागी गर्नु पर्दछ भन्ने संस्कार छ, राज्य भन्नु नै नागरिकहरु को जमात हो । नागरिकहरु भन्नु नै राज्य हो । उनीहरु बिचको पारस्परिक सम्बन्ध वलियो बनाउन दुबै जिम्वेवार हुनुपर्दछ र आफ्नो जिम्मेवारी दुबैले पुरा गरेमात्र राष्ट्र सफल, समृद्द र शक्तिशाली बन्न सक्छ भन्ने चेतना छ ।

अल्पविकसितबाट विकसित बन्ने एउटा प्रकृया हो हाम्रो देश नेपाल र हामी नेपाली पनि त्यहि प्रकृयामा छौ । लामो समय बिभिन्न राजनितिक आन्दोलन, बिद्रोह र गृहयुद्दले पछाडी धकेलियको मुलुक भर्खरै मात्र एउटा विकसित प्रणाली , राजनितिक दलको मान्यता अनुसार विकसित मानिएको अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेको छ । यो पनि लामो समय बित्यो तर पनि देशको अस्थिर राजनितीका कारण हामीले परिकल्पना गरेको जस्तो विकसित समाज बनाउन सकिरहेका छैनौ ।

यद्दपी विकास नभएको भन्ने कुरा चाहि होइन क्रमशः हुने बिकास लाइ हाम्रो जस्तो अल्पबिकसीत मुलुक ले गुणात्मक रुपमा अगाडी बढाउनसके मात्र राष्ट्र विकसित र शक्तिशाली बन्न सक्दछ । हरेक कुरामा नकारात्मक टिप्पणी र विनास मात्र देख्ने हाम्रो ंसंस्कारले देशको समृद्धि, शुशासन, भ्रष्टाचारमुक्त बनाउने अभियानलाई समेत असफल बनाउन भुमिका निर्वाह गरेको छ भन्दा गलत हुदैन ।

हरेक नागरिक सचेत हुनुपर्दछ, सचेतनापुर्वक समस्याको उठान र समाधानका लागि पहल गर्र्नुपर्ने संस्कारको विकास हुनुपर्दछ । समस्याको समाधान नगरि गरिएको बिरोध र गुनासोले समस्याहरु लाई अझ बढवा दिन्छ भने त्यस्को असर विभिन्न व्यक्तिगत, सामुहिक र समाजको स्तरसम्म पुगेर सद्भाब, सामाजिक मेलमिलाप को भावमा समेत खलल पु¥याउने गर्दछ ।

अहिले देखिएको सतहिमा सस्तो लोकप्रियताका लागि नागरिकदेखि जिम्मेवार व्यक्तिले दिने अभिव्यक्तिले सिंगो राष्ट्रलाइ विकासको गतिमा अबरोध, एकले अर्कोलाई सहयोग गरेर जानुपर्ने अबस्थामा असफल बनाउन गरिने दुष्प्रयासले सिंँगो देशलाइनै अझ गरिवी र युद्धतिर लैजान सक्ने खतरा बढेको छ ।

आफ्ना अभिव्यक्तिले सिङ्गो समाज र राष्ट्रलाइ पु¥याउने क्षतिको अन्दाज गरेर मात्र अगाडी बढ्न सकियो भने थुप्रै कुराहरुको समाधान आफ्नै बन्न सक्दछ ।

समाज र राष्ट्र बनाउन सबै भन्दा पहिला सकारात्मक सोच बनाउ, सकारात्मक भावको विकास गरौ, समास्याको उठान र समाधानको विकल्प पनि दिने संस्कार वनाउ, आफुपनि जिम्मेवार छौ भन्ने बोध गरौ । यो समाज माटो जस्तै हो खुर्सानी रोपेर मिठो स्याउ माटोले दिन सक्दैन, हाम्रो गुण, स्वभाव, संस्कार अनुसार त्यहि कुरा गुणात्मक रुपमा फिर्ता हुने हो ।

हरेक नागरिकको स्तरबाट अनिवार्य श्रम गर्ने बानीको विकास गरौ, आत्मनिर्भरताका लागि सकेको हदैसम्मको प्रयास गरौ, आफ्ना वरपरका अनियमितता, कम्सल कामकाज र भ्रष्टाचारलाई खबरदारी संगै त्यसलाइ रोक्ने कर्तव्यको पालना गरौ, अनिवार्य आम्दानीको कर बुझाउने दायित्व पुरा गरौ, हाम्रै पालामा हाम्रो देशलाइ हाम्रै पसिनाले सिँचित गर्ने अठोट गरौ, परिवारबाटै खानपान, संसार, अनुशासन, मेलमिलाप, शिष्टाचार, मौलिकताको सरक्षणमा हाम्रा साझेदार भबिष्यका कर्णधार बालबालिकालाइ सिकाउ, सम्झाउ, बुझाँउ । सभ्य, संस्कारयुक्त र विकसित समाज निर्माण गर्न अब अबेर नगरौ सबैले हातेमालो गरौ ।।

 

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार