२०८१ असार ४ गते मङ्गलवार

हलवार खानेपानी संस्थालाई प्रिन्टर सहयोग



तुलसीपुर,७ भदौ ।
तुलसीपुर उपमहानगरपालीका वडा नं ७ ले हलवार खानेपानी संस्थालाई प्रिन्टर सहयोग गरेको छ ।

आज वडा कार्यालय मार्फत अध्यक्ष राम वहादुर जिसी, सदस्य मान बहादुर राना,वडा सचिव राजु देवकोटाले खानेपानी संस्थाका अध्यक्ष प्रभात थापा र सचिव चन्द« बहादुर केसीलाई प्रिन्टर हस्तान्तरण गर्नुभएको हो ।

हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालय तुलसीपुर–४ बनहरीमा रहेपनि वडा नं ७ को उत्तर नवलपुर,दक्षिण नवलपुर,डावर र मोहोनपुरका उपभोक्ताहरु खानेपानीका सदस्य रहेका छन ।

कार्यालयको नियमित प्रयोजनका लागी सहजता पु¥याउने उद्देश्यले वडाको निर्णयवाट २० हजार मुल्य बरावरको प्रिन्टर सहयोग गरिएको वडा अध्यक्ष जिसीले बताउनुभयो ।

संस्थालाई प्रिन्टर सहयोग गरेकोमा संस्थाका अध्यक्ष थापाले धन्यवाद ज्ञापन गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार