२०८१ माघ ९ गते बुधवार

एनएमबि बैंक र डिलाईट द शपिङ मार्ट बिच सम्झौता



दाङ, १० भदौ ।
एनएमबि बैंक र डिलाईट द शपिङ मार्ट तथा डिलाईट द फेमेली रेस्टुरेन्ट तुलसीपुर दाङ बीच एक सम्झौता भएको छ । सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी तथा ग्राहकले डिलाईट द शपिङ मार्ट तथा डिलाईट द फेमेली रेस्टुुरेन्ट बाट प्रदान गरिएका सेवाहरुमा छुट पाउने भएका छन् ।

सम्झौता अनुसार डिलाईट द फेमेली रेस्टुरेन्टमा १० प्रतिशत छुट पाउने तथा डिलाईट द शपिङ मार्टमा ३ देखी २० प्रतिशत सम्म छुट पाउने बैंकका तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मीले जानकारी दिनुभयो । आफ्ना ग्राहकलाइ आबश्यक सामग्री खरिद तथा मनोरञ्जनका क्रममा राहत होस् भनेर सम्झौता गरिएको उहाँले बताउनुभयो ।
सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र डिलाइट ग्रुपका सिइओ वीर बाहादुर भन्डारी (मोहन) ले हस्ताक्षर गर्नुभएको छ । एनएमबि बैंक तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मी र डिलाइट ग्रुपमा फाईनान्स म्यानेजर अबिनाश खरेलले हस्ताक्षरित सो सम्झौता आदान प्रदान गर्नुभएको हो ।

यो सम्झौता एक बर्षको लागि हुने छ । दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिने छ । सम्झौताले एनएमबि बैंकका सम्पूणर् कर्मचारी तथा एनएमबि बैंकमा खाता खोलेका सम्पूणर् ग्राहकहरुले सुविधा लिइ लाभान्वित हुने तुलसीपुर शाखाका प्रबन्धक रेग्मीले बताउनुभयो ।

छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंकको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, क्यु आर कोड लगायतका डिजिटल माध्यम प्रयोग गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार