२०८० फाल्गुन १३ गते आइतवार

प्रतिकित्ता ५० रुपैयाँमा भर्न सकिने हाथवे इन्भेष्टमेन्टको आईपीओ खुला



kk

काठमान्डौ,२१ भदौ।
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ आज (विहिवार) देखी सर्वसाधारणका लागि खुला गरेको छ ।
कम्पनीको आईपीओमा न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

त्यस्तै अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज ४ गतेसम्म लम्बिनेछ।

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

 

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार