
दाङ,२४ भदौ ।
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
सुदूरपश्चिममा दिउँसो र राति तथा लुम्बिनीमा राति ठूलो पानी पर्ने मौसमविद् शान्ती कँडेलले जानकारी दिनुभयो ।
आज काठमाण्डौसहित पहाडी क्षेत्रमा पनि पानी पर्ने उहाँले बताउनुभयो ।
देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । भोलिको मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् ।
गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ ।
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार