२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुरमा शान्ती सुरक्षा मजबुद बनाउछु : डिएसपी पोख्रेल



तुलसीपुर, ३० भदौ ।

तुलसीपुर दाङ सुनचाँदी ब्यवसायी संघको आयोजनामा शनिवार तुलसीपुरमा स्वागत तथा भेटघाट कार्यक्रम भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा भखरै सरूवा भएर आउनु भएका कार्यालय प्रमुख डिएसपी ठाकुर प्रसाद पोख्रललाई एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।

संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बोल्दै डिएसपी पोख्रेलले तुलसीपुर क्षेत्रमा शान्ती सुरक्षालाई मजबुद बनाउने बताउनु भएको छ । सुनचाँदी व्यवसायीहरु संग छलफल गर्दै उहाले व्यवसायीहरुको सुरक्षाका लागी पनि विशेष ध्यान दिने उहाले बताउनुभयो ।

सुनचाँदी व्यवसायीहरुका समस्या र गुनासो प्रति ध्यान दिदै उहाले समस्या समाधानका लागी आफु सधै सकारात्मक हुने बताउनुभयो । साथै उहाले नागरिक तथा व्यवसायीको शान्ति सुरक्षाका लागी निरन्तर लागी पर्ने बताउदै उहाले कुनै अपराधिक गतिविधि भएको थाहा पाएमा प्रहरीलाई तत्काल सुचना दिन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका केन्द्रिय सदस्य लोक बहादुर स्वर्णकार, नेपाल सुनचाँदी ब्यवसायी लुम्बिनी प्रदेश सदस्य मदन केसी, सुनचाँदी ब्यवसायी संघका सल्लाहकार जोगेन्द्र बिस्वकर्मा, संघका सदस्य लिला बहादुर वली , प्रहलाद शाह, मिनराज वलि लगाएतले बोल्नु भएको थियो ।

संघका उपाध्यक्ष ईन्द्रबिर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव तुल्सीराम सुनारले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार