
दाङ,७ असोज ।
मिड सोलु हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँड हुने भएको छ ।
उक्त आइपिओको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले प्रिअलोटमेन्ट पश्चात् बुधबार आइपिओ बाँडफाँड गर्न लागेको हो ।
कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म ६ लाख २१ हजार १ सय ७२ कित्ता प्राथमिक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।उक्त आइपिओमा करिब २४ गुणा भन्दा बढी कित्ताको माग परेसँगै सर्वसाधारणलाई आइपिओ पर्न गोलाप्रथाकै भर पर्नुपर्नेछ ।
प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार