२०८१ असार ४ गते मङ्गलवार

सुर्खेत जाँदै गरेको बस अमिलियामा दुर्घटना



दाङ, ९ असोज । दाङमा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । यस्तै चार जनाको अवस्था मध्यम रहेको उहाँको भनाई छ ।

काठमाण्डौबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

बसमा करिब ३०/३५ जना सवार रहेको अनुमान गरिएको छ । अन्य यात्रु सकुशल रहेको प्रवक्ता मल्लले  बताउनुभयाे । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार