२०८१ असार ४ गते मङ्गलवार

अबैध काठ ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ



दाङ, ११ असोज ।
दाङमा काठ अबैध ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवाका ५२ बर्षिय राम कुबेर यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

बिना इजाजत अबैध काठ ओसारपसार मुद्दामा सर्वोच्च अदालतबाट २०७६ जेठ ३० गते ६ महिना कैद र ८२ हजार ७ सय ४ रुपैयाँ जरीवाना फैसला भएको थियो । त्यस यता फरार रहेका यादव आज राजपुर गाउँपालिका ३ भैसहवामा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी मल्लले बताउनुभयो।

पक्राउ परेका यादबलाई आजै दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार