२०८१ माघ १० गते बिहिवार

प्रथम लुम्विनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता हुने



दाङ, असोज १६।
लुम्बिनी प्रदेश तेक्वान्दो सँघको नियमित बैठक आज तुल्सीपुरमा सम्पन्न भएको छ । सँघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा बसेको बैढकले विभिन्न निर्णय गरेकोे छ ।

बैठकले कार्तिक १७ र १८ गते लुम्विनी प्रदेश स्तरिय बिभिन्न तौल समुहमा प्रथम खुला तेक्वान्दो प्रतियोगिता गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि सँघका कोषाध्यक्ष मोहन सुनारको संयोजकत्वमा ६ सदस्यीय समिति समेत गठन गरिएकोे छ ।

जसको सदस्यहरुमा महेश थापा , श्याम भट्टराई, राजिव शिँह क्षेत्री, सुरेश पाश्वाङ, बम बहादुर बिक रहनुभएको छ । त्यस्तै संघका सदस्य दिपक कुमाललाई प्रेस संयोजकमा नियुक्त गरिएको छ । बैठमा सुमन घले गुरूङ, डम्बर बिसी, सचिन पौडेल लगाएतले आफ्नो मन्तव्य राख्नुभएको थियो । बैठकको सहजिकरण संघका सचिब बिनिल केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार