२०८१ जेष्ठ ९ गते बुधवार

ईजरायलमा मारिएका थप एकजना नेपालीको शव नेपाल ल्याइयो



दाङ, ९ कार्तिक ।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ ।

बझाङको जयपृथ्वी-६ का गणेशकुमार नेपालीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभएको हो ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको छ।

बाँकी पाँचजनाको शव ल्याउन पनि सम्बद्ध नातेदारको डीएनए सङ्कलन गरी पठाइएको र डिएनए परिक्षण पश्चात चाडै नेपाल ल्याइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार