२०८१ माघ १२ गते शनिवार

रोयल भमके T-20 क्रीकेट प्रतियोगिता हुने लक्ष्मण बस्नेत



कार्तिक ११ दाङ ।
दाङको तुलसिपुरमा रोयल भमके T-20 क्रीकेट प्रतियोगिता २०८० हुने भएको छ ।स्वतन्त्र युवा समूह तुलसिपुर १ भमकेको आयोजनामा मदन भण्डारी रंगशाला भमकेमा संचालन हुने प्रतियोगिता यहि कार्तिक १९ गते देखि सुरु हुनेछ । कार्तिक २५ गते सम्म संचालन हुने प्रतियोगितामा जिल्लाका झन्डै १२ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक खगेन्द्र नेपालिले जानकारी दिनु भएको छ । संयोजक नेपालिका अनुसार
प्रतियोगिताको बिजेता टिमले नगद ५१ हजार,कप,मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।

त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधा तर्फ म्यान अफ द टुर्नामेन्टलाई नगद चार हजार तथा मेडल,वेष्ट ब्याट्सम्यान वेष्ट बलर लाई क्रमशः जनही दुई हजार पाँच सय नगद तथा मेडल प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याच लाई नगद पाँच सय साथमा मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

यसैबिच आयोजकले प्रतियोगितामा टिम सहभागिताका लागि जिल्लामा स्थापित क्रीकेट क्लबलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार