२०८० फाल्गुन १३ गते आइतवार

दाङमा काठको मुडाले चोट लाग्दा एक जनाको मृत्यु



तुलसीपुर, १४ कार्तिक ।
पश्चिम दाङको शान्तिनगरमा बोकेको काठको मुडा घरमा राख्दै गर्दा टाउकोमा चोट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तीनगर गाउँपालिका वडा नं ५ रगैचाका ४० वर्षिय शंकर चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

शंकर र उनको भाउजुले काठको मुडा घरमा राख्दै गर्दा उनलाई टाउकोमा चोट लागेको थियो। घाईते चौधरिलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि नेपालगन्ज रेफर गरिएको थियो।

उनको त्यहा उपचार सम्भब नभएपछि पुनः राप्ती प्रादेशीक अस्पतालमा ल्याईएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार