
बिजौरी, २१ कार्तिक ।
सघको सोमबार बसेको आकस्मिक बैठकले भूकम्प पीडितका लागि तत्काल ५१ हजार बराबरको खाद्यान्न सामाग्री निणर्य गरेको महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार उक्त खाद्यान्न सामाग्री जिल्ला प्रसासन दाङलाई हस्तान्तरण गरि समन्धित जिल्लामा पठाउने घोषणा गरिएको छ ।
संघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा बसेको बैठकले भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिम ठुलो मात्रामा जनधनको क्षति भएको प्रति दुःख व्यक्त पनि गरेको छ ।
साथै सघले राहत सङ्कलन कार्यमा सहभागी भई सहयोग पुर्याउन सबैलाई अपिल समेत गरेको छ ।
प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार