
दाङ, २५ कार्तिक ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रेमा रहेको युथ्स अफ खाद्रेको आयोजनामा जारी प्रथम खाद्रे गोल्डकप प्रतियोगितामा शुक्रवार पाँच वटा वटा खेल सञ्चालन गर्ने कार्यतालीका थियो। तर समयमै उपस्थित नहुँदा दुई समुह खेलवाट वाहीरिएको युथ्स अफ खाद्रेका सदस्य पदम केसीले बताउनुभयो ।
पहिलो खेलमा आयोजक युथ्स अफ खाद्रे ए र साउथ तुलसीपुर फुटबल कल्वबिच प्रतिष्पर्धा भएको थियो । जसमा साउथ तुलसीपुर फुटबल कल्वले आयोजक युथ्स अफ खाद्रे एलाई ४–१ ले पराजित गरेको छ ।
यस्तै दोस्रो खेल रोयल विजौरी र रोयल रानागाँउबिच प्रर्तिसपर्धामा हुने कार्यतालीका थियो । निर्धारीत समयमा रोयल विजौरी मैदनामा उपस्थित नभएपछी हिजोको खेलमा रोयल रानागाँउ स्वतः विजयी भएर अघिल्लो चरण प्रवेश गरेको छ । रोयल विजौरी समयमा खेल मैदानमा आईनपुग्दा बाहिरीएको हो ।
यस्तै तेस्रो खेल लि रोशन र सक्षम बिच प्रर्तिसपर्धामा हुने कार्यतालीका थियो । निर्धारीत समयमा सक्षम कल्व मैदनामा उपस्थित नभएपछी हिजोको खेलमा लि रोशन स्वतः विजयी भएर अघिल्लो चरण प्रवेश गरेको छ । सक्षम कल्ब समयमा खेल मैदानमा आईनपुग्दा बाहिरीएको हो ।
चौथो खेलमा टरिगाँउ फुटबल कल्व र मानपुर युनाइटेड प्रर्तिसपर्धा भएको हो । जसमा टरिगाँउ फुटबल कल्व ले मानपुर युनाइटेड लाई ४–० ले पराजीत गरेको छ । हिजै भएको पाँचौ अर्थात अन्तिम खेलमा ग्वारखोला युवा कल्व र लि रोशनबिच प्रतिष्पर्धा भएको थियो । जसमा खेल समय अवधिभर दुवैको गोल बरावरी भएपछि पेनाल्टी सुटआउटमा ग्वारखोला युवा कल्बलाई ५–४ ले पराजीत गरेको छ ।
कार्तीक २२ गतेदेखी जारी प्रतियोगितामा बिभिन्न चौधवटा टिमको सहभागिता रहेको छ । गोल्डकपमा प्रथम हुने टिमले ५० हजार ५ सय ५५ नगद सहित कप, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले २५ हजार ५ सय ५५ नगद सहित मेडल र प्रमाणपत्र हात पार्ने छन् ।
बुधवार देखि जारी प्रतियोगिता कार्तिक २५ गतेसम्म सञ्चालन हुने छ ।खेल नकआउट चरणका आधारमा सञ्चालन भएको छ ।