२०८१ असोज २१ गते सोमवार

प्रथम खाद्रे गोल्डकप फुटबलको उपाधी STFC तुलसीपुरलाई



दाङ, २५ कार्तिक ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रेमा रहेको युथ्स अफ खाद्रेको आयोजनामा भएको प्रथम खाद्रे गोल्डकप प्रतियोगिताको उपाधी साउथ तुलसीपुर फुटबल कल्ब(STFC)ले हात पारेको छ ।

शनिावार भएको पहिलो सेमीफाइनल खेलमा टरिगाँउ फुटबल कल्व र रोयल रानागाँउबिच प्रर्तिसपर्धा भएको थियो । जसमा रोयल रानागाँउले टरिगाँउ फुटबल कल्वलाई २–१ ले पराजित गरेको छ । पराजीत संगै टरिगाँउ सेमिफाइनलबाट बाहिरीएको थियो ।

यस्तै दोस्रो सेमीफाइनल खेल ग्वारखोला युबा कल्ब र तुलसीपुर साउथ फुटबल कल्बविच प्रर्तिसपर्धामा भएको थियो।जसमा तुलसीपुर साउथ फुटबल कल्बले ग्वारखोला युबा कल्बलाई ४–० ले पराजीत गरेको थियो।पराजीत संगै ग्वारखोला युवा कल्व सेमिफाइनलबाट बाहिरीएको हो ।

सेमीफाइनल लगत्तै आजै रोयल रानागाँउ र साउथ फुटवल कल्व तुलसीपुरबिच फाइनल खेल भएको थियो । जसमा साउथ फुटवल कल्ब तुलसीपुरले गोल्डकपको उपाधी हात पारेको छ ।साउथ फुटवल कल्ब तुलसीपुरले रोयल रानागाँउलाई २–१ ले पराजीत गरेको हो ।

रोयल रानागाँउले भने उपविजेतामा चित्त बुझाएको छ । गोल्डकपमा विजेता भएको साउथ फुटवल कल्ब तुलसीपुरले नगद ५० हजार ५ सय ५५ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै द्धितिय हुने रोयल रानागाँउले २५ हजार ५ सय ५५ नगद सहित मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै बेष्ट किप्पर साउथ फुटवल कल्बका भुवन डाँगी भने बेष्ट प्लेयर रोयल रानागाँउका क्याप्टेन निरज वली घोषित भएका छन ।

कार्तीक २२ गतेदेखी तुलसीपुर उपमहानगरपालीका ४ खाद्रेको गोलखेल्ने चौरमा भएको प्रतियोगितामा बिभिन्न चौधवटा टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक २५ गते शनिवार